Duration 10:8

Mushrooms Poisoning and Myths | बिषालु च्याउको कहर | Ganesh Karki

5 983 watched
0
102
Published 3 Aug 2020

एकपल्ट फेरि बर्खा लाग्यो । र, मान्छे मर्ने अर्को कारण पनि थपियो । त्यो हो, बिषालु च्याउ कहर । हरेक बर्ष बिषालु च्याउ खाएर बिरामी पर्ने र मान्छे मर्ने समाचारहरु बन्छन् । यो हरेक बर्षको बर्षायाममा दोहोरिरहन्छ । सायद हामी पनि बर्षामा च्याउ खाएर मान्छे मर्ने समाचारमा बानी पर्यौँ । सायद यो हरेक बर्ष हुनै पर्ने कर्मकाण्ड हो जसलाई रोक्न सकिदैन वा रोकिरहने आवश्यकता नै छैन । यसैले होला, नेपालमा हरेक बर्ष बिषालु च्याउ खाएर मर्ने मानिसहरुको एकिकृत तथ्यांक सहजै पाइएन । मैले यो बारेमा प्रहरी प्रधान कार्यालयमा जानकारी राख्दा दैनिक घटनाको रुपमा तथ्यांक राखिन्छ तर मासिक वा बार्षिक रुपमा यति मानिसहरु च्याउ खाएर मर्छन् भन्ने तथ्यांक सार्वजनिक गरिदैन भन्ने जानकारी पाएँ । गतबर्ष डा. शिव देवकोटा र डा. हरिप्रसाद अर्यालले प्रकाशित गरेको अध्ययनमा भने नेपालमा हरेक बर्ष औसतमा करिब ३ दर्जन मानिसहरु मर्ने गरेको भनेर लेखिएको रहेछ । यसरी हेर्दा नेपालमा च्याउ खाएर बर्षेनी सयौँ वा हजारौँ मानिस मर्ने होइनन् । तर तिन दर्जन मानिस हरेक बर्ष एक छाक तरकारीको लोभमा मारिनु सामान्य कुरा पक्कै होइन । अझ यो ३ दर्जनको संख्या अलग अलग ठाउँका एक एक व्यक्ति हुने भन्दा पनि एकै परिवारका धेरै सदस्यहरु हुने गर्छन् । एकै परिवारका धेरै सदस्यहरु विषाक्त च्याउ खाएर मर्ने हुनाले यसले परिवारिक तहमा पार्ने असर भयावह हुने गर्छ । यसैले मैले आजको भिडियोको बिषालु च्याउको जानकारी सहित समाजमा रहेका गलत जानकारी, धारणा र भ्रमहरु (Mushrooms Poisoning and Myths) बिषयमा बनाएको छु । आशा गर्छु, यसले थोरै भए पनि जानकारी फैलाउँने छ । थप मानिसहरुले थाहा पाउन् भन्ने लाग्छ भने तपाईले पनि सेयर गरिदिनुहोला । भिडियोका उपशिर्षकहरु : 0:00 - सुरुवात 0:06 - पृष्ठभुमी 1:49 - च्याउ विज्ञान 2:33 - नेपालमा च्याउका प्रजाति 3:22 - खान योग्य च्याउ बिषालु हुने कारणहरु 4:21 - गलत धारणा १ 4:47 - गलत धारणा २ 5:12 - गलत धारणा ३ 5:41 - गलत धारणा ४ 6:12 - गलत धारणा ५ 6:36 - गलत धारणा ६ 6:55 - गलत धारणा ७ 7:23 - गलत धारणा ८ 7:44 - बिषालु च्याउ खाँदाका लक्षणहरु 8:28 - बिषालु च्याउबाट कसरी जोगिने ? 9:19 - अन्त्य सन्दर्भ स्रोतहरु : डा. शिव देवकोटा र डा. हरिप्रसाद अर्यालको अध्ययन : https://bit.ly/318UvEO नयाँपत्रिका, उज्यालोअनलाइन, स्वास्थ्यखबर, बिबिसी नेपाली लगायतमा प्रकाशित लेखहरु । सम्पर्क : फेसबुकमा : https://facebook.com/ganess.karki युट्युबमा : /ganeshkarkiofficial भिडियो हेरिदिनु भएकोमा धन्यवाद ।

Category

Show more

Comments - 3